भाजपा नेताको घरमा बम प्रहार, एकको मृत्यु– ५ जना घाइते
मेरोन्यूज
२०७८ साउन २९ गते १७:२३
काठमाडौँ । आतंकवादी समूहले भारतको कश्मिर राज्यका एक भारतीय जनता पार्टी (भाजपा) नेताको घरलाई निसाना बनाएर बम आक्रमण गरेको छ । स्थानीय भाजपाका अध्यक्ष जसवीर सिंहको घरलाई लक्षित गरी ३ वटा ग्रिनेड बम हमला गरेको हो । हमलामा उनका २ वर्षीय भतिज वीर सिंहको मृत्यु भएको छ ।
भाजपाले यस हमलालाई कडा शब्दमा निन्दा गरी शुक्रबार राजौरीमा विरोध प्रदर्शन गरेका थिए । भाजपाले आक्रमणकारीमाथि छिटोभन्दा छिटो कारबाही गर्न सुरक्षा बल तथा प्रहरी प्रशासनसँग माग राखेका छन् ।
नेता जसवीर आफ्नो परिवारसँग बस्दै गर्दा हमला भएको समाचारमा जनाइएको छ । हमलामा जसवीरसँगै अर्जुन सिंह, जसवीरकी माता सिया देवी, भाइ बलवीर र उनका छोरा कर्ण सिंह घाइते भएका छन् । एजेन्सी
सम्बन्धित
















स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?
Indian govt gifts 61 vehicles to Nepal
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
HoR election: 43 days to go for voting
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया