झोलुङ्गे पुलले यात्रामा सहज, स्थानीय दङ्ग

रुकुम पूर्व । पुथाउत्तरगङ्गा गाउँपालिका–२ लाई जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएको छ । गाउँपालिकाको सबैभन्दा विकट क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो ।
वडा नं ५ को काजरजङ्ग र वडा नं २ को पेल्मालाई जोड्ने गरी तीपै दोभान खोलामा २१० मिटर लामो पुल निर्माण गरिएपछि यात्रामा सहजता आएको छ ।
यसभन्दा अगाडि हिँड्नलाई गोरेटो बाटोसमेत नभएको उक्त ठाउँमा पुल निर्माण गरिएपछि यात्रामा सहजता आएको त्यहाँका स्थानीयले बताएका छन् ।
भौगोलिक हिसाबले पनि विकट र अहिलेसम्म सडक सुविधा नपुगेको उक्त ठाउँमा निकै कष्टपूर्ण तरिकाले पुल निर्माण गरिएको हो ।
तीपै दोभान खोला तर्दाको जोखिम र समस्यालाई मध्यनजर गर्दै पुल निर्माण भएपछि वडा नं २ का बासिन्दालाई ठूलो राहत मिलेको नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश कमिटी सदस्य पुनीराज घर्तीले बताए ।
उनका अनुसार यसभन्दा अगाडि त्यहाँका नागरिकले जोखिम मोलेर काठको पुलबाट यात्रा गर्दै आएका थिए । काठेपुल भए पनि यात्रा गर्न सबैका लागि सहज थिएन ।
गारेटो बाटोसमेत नभएकाले वडावासीले गाउँपालिका केन्द्र, सदरमुकाम आउनका लागि वडा नं १ मैकोटबाट घुमेर मयाङ हुँदै आउने गरेका थिए । अहिले पुल निर्माण भएपछि भने वडावासी सिधै काजरजङ्ग पुगेर तकसेरा पुग्न सक्ने घर्तीले बताए ।
सडक पनि नपुगेको उक्त ठाउँमा घोडा, खच्चडबाट र मानिस आफैँले बोकेर नयाँबजारबाट पुल निर्माणका सामग्री ओसारेका थिए । उक्त पुल निर्माणको जिम्मा हिमशिखर निर्माण सेवाले एक करोड ८० लाखमा लिएको थियो ।
गत वर्षको भदौबाट सुरु गरिएको पुल निर्माण केही समय अगाडि सकिएको थियो । यस्तै तीपै दोभान खोलाको पुलसम्म पुग्नका लागि वडा नं ५ काजरजङ्गको काखोलामा १३० मिटर लामो पुल पनि निर्माण गरिएको छ । सोही निर्माण सेवाले ८७ लाख रुपैयाँमा उक्त पुल निर्माण गरेको हो ।

















१२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो
हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी
एमाले अध्यक्ष ओलीले गरे मतदान
महासंघ अध्यक्ष ढकालले काठमाडौँको विशालनगरस्थित मतदान केन्द्रबाट गरे मतदान
मेचीनगरमा १०४ बर्षीय बृद्धाले हालिन् भोट
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया