अध्यक्ष प्रत्यक्ष निर्वाचनद्वारा चुनिने : महासंघ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्ष हुनेमा कुनै रोक नभई प्रत्यक्ष निर्वाचन प्रकृयाअगाडि बढेको छ । जसका लागि विधान संशोधन गर्नु पर्नेमा महासंघका सदस्यहरू लागेका छन् । संशोधन प्रकृयाका लागि महसंघका प्रदेश कार्यालय र सबै जिल्लाका उद्योग वाणिज्य संघबाट केन्द्रीय कार्यालय टेकुमा सुझाव पुगेको छ ।
पूर्व अध्यक्ष पशुपति मुरारकाको पालामा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थानुसार निवर्तमान अध्यक्ष भवानी राणा र वर्तमान अध्यक्ष शेखर गोल्छा अध्यक्ष भएका हुन् । मुरारकाले ल्याएको प्रस्तावमा सबैले सहमति दिए पनि निर्वाचनको बेला प्रत्यक्ष निर्वाचनद्वारा अध्यक्ष बनाउन विधान संशोधनको आवाज उठ्ने गर्छ । मुरारकालाई विशेष व्यक्तिलाई पदमा पुर्याउन स्वतः प्रणाली ल्याएको आरोपसमेत लागेको छ ।
अर्थ जानकार नवराज गौतमले समयानुसार संस्थाको प्रणालीमा परिवर्तन हुनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रका संस्थानुसार परिर्माजन गर्न विधान संशोधन हुने जानकारी दिए । उनले भने, ‘भारतको उद्योग वाणिज्य महासंघ (एफआइसिसिआई)मा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थालाई नेपाल उद्योग परिसंघले लागू गरेको, यसैलाई नेपाल उद्योग वाणिज्य महासंघले सापटी लिन खोज्दा पछिल्लो समय विवाद आएको हुन सक्छ ।’
पूर्व अध्यक्ष मुरारकाले संस्थाको पदीय प्रणालीमा केही फरकता ल्याएको हुन सक्ने र सबैमा खुसीपन नभएकाले संशोधनको बाटोमा महासंघले पाइला चालेको समाजशास्त्री डा. दिनेश प्रसाईको बुझाई छ । यसै प्रणाली बारेमा महासंघका अध्यक्ष गोल्छासँग सम्पर्क गर्दा व्यस्तता देखाउँदै प्रतिकृया दिन अस्वीकार गरे ।
तर वरिष्ठ उपाध्यक्षका अपराजित किशोर प्रधानले जिल्ला तह अध्यक्ष प्रत्यक्ष निर्वाचित प्रणालीमा रहेकाले विधान संशोधनको विकल्प नभएको बताए । उनले अहिलेका वरिष्ठ उपाध्यक्ष ढकाल स्वतः हुने व्यवस्थालाई सम्मान गर्दै उनीपछिको निर्वाचनद्वारा लागू हुनेमा दुई मत नभएको उल्लेख गरे ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया