अध्यक्ष प्रत्यक्ष निर्वाचनद्वारा चुनिने : महासंघ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अध्यक्ष हुनेमा कुनै रोक नभई प्रत्यक्ष निर्वाचन प्रकृयाअगाडि बढेको छ । जसका लागि विधान संशोधन गर्नु पर्नेमा महासंघका सदस्यहरू लागेका छन् । संशोधन प्रकृयाका लागि महसंघका प्रदेश कार्यालय र सबै जिल्लाका उद्योग वाणिज्य संघबाट केन्द्रीय कार्यालय टेकुमा सुझाव पुगेको छ ।
पूर्व अध्यक्ष पशुपति मुरारकाको पालामा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थानुसार निवर्तमान अध्यक्ष भवानी राणा र वर्तमान अध्यक्ष शेखर गोल्छा अध्यक्ष भएका हुन् । मुरारकाले ल्याएको प्रस्तावमा सबैले सहमति दिए पनि निर्वाचनको बेला प्रत्यक्ष निर्वाचनद्वारा अध्यक्ष बनाउन विधान संशोधनको आवाज उठ्ने गर्छ । मुरारकालाई विशेष व्यक्तिलाई पदमा पुर्याउन स्वतः प्रणाली ल्याएको आरोपसमेत लागेको छ ।
अर्थ जानकार नवराज गौतमले समयानुसार संस्थाको प्रणालीमा परिवर्तन हुनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रका संस्थानुसार परिर्माजन गर्न विधान संशोधन हुने जानकारी दिए । उनले भने, ‘भारतको उद्योग वाणिज्य महासंघ (एफआइसिसिआई)मा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थालाई नेपाल उद्योग परिसंघले लागू गरेको, यसैलाई नेपाल उद्योग वाणिज्य महासंघले सापटी लिन खोज्दा पछिल्लो समय विवाद आएको हुन सक्छ ।’
पूर्व अध्यक्ष मुरारकाले संस्थाको पदीय प्रणालीमा केही फरकता ल्याएको हुन सक्ने र सबैमा खुसीपन नभएकाले संशोधनको बाटोमा महासंघले पाइला चालेको समाजशास्त्री डा. दिनेश प्रसाईको बुझाई छ । यसै प्रणाली बारेमा महासंघका अध्यक्ष गोल्छासँग सम्पर्क गर्दा व्यस्तता देखाउँदै प्रतिकृया दिन अस्वीकार गरे ।
तर वरिष्ठ उपाध्यक्षका अपराजित किशोर प्रधानले जिल्ला तह अध्यक्ष प्रत्यक्ष निर्वाचित प्रणालीमा रहेकाले विधान संशोधनको विकल्प नभएको बताए । उनले अहिलेका वरिष्ठ उपाध्यक्ष ढकाल स्वतः हुने व्यवस्थालाई सम्मान गर्दै उनीपछिको निर्वाचनद्वारा लागू हुनेमा दुई मत नभएको उल्लेख गरे ।
















आचारसंहिता कडाइकासाथ लागू गर्छौं: आयुक्त भण्डारी
कास्कीमा ७७ जनाले बुझाए निजी हातहतियार
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
प्रतिक्रिया