फरार अभियुक्त १७ वर्षपछि पक्राउ
मेरोन्यूज
२०७८ भदौ १० गते ७:०३

सिन्धुपाल्चोक । सवारी ज्यान मुद्दामा फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनअन्तर्गत सवारी ज्यान मुद्दामा धादिङ जिल्ला अदालतको मिति २०६१ पुस १९ गतेको फैसलाले १२ दिन कैद जरिवाना सजाय भई फरार रहेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ बस्ने ३८ वर्षीय विभोर श्रेष्ठलाई बुधबार प्रहरीले चौतारा साँगाचोकगढी–५ स्थित चौतारा बजारबाट पक्राउ गरेको हो ।
श्रेष्ठलाई पक्राउ गरी कैद जरिवाना असुलउपरका लागि सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरेकामा अदालतले श्रेष्ठलाई बुधबारै जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
सम्बन्धित









चिसोले पञ्चकुण्ड ताल जमेपछि …
नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन गर्दै
ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा वर्षको पहिलो हिमपात
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया