शुक्रबार, पुष ४, २०८२

आज पनि यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मेरोन्यूज २०७८ भदौ १४ गते ६:३८

काठमाडौं । (आज) सोमबार देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान पनि देशभरको मौसममा सामान्य देखि पूर्ण बदली रहेको छ ।


राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने छ । राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
पहाडी भूभागमा भूक्षय, पहिरो जोखिम रहेकोले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया