सत्ता गठबन्धनलाई मन्त्रिपरिषद् विस्तार गर्न सकस
विहान बालुवाटारमा ढेड घण्टा छलफल गरेका शीर्ष नेताहरु फेरि साँझ बालुवाटारमै छलफलमा बस्ने

काठमाडौं । कांग्रेस सभापति शेरवहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको झण्डै ५० दिन पुग्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन । गत शनिवारवाट उनले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन दलका नेतारुसँग छलफल थालेका उनले मंगलवार विहान पनि बालुवाटारमा शीर्ष नेताहरुको बैठक राखेका थिए ।
सोमबार उनले सत्ता गठबन्धन दलका अन्य नेताहरुसँग भने छलफल गरेपनि अझै सहमति जुटन सकेको छैन ।
मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धन दलका शीर्ष नेताहरुकै चित्त वुझाउन सकेका र्छैनन । उनले अहिलेसम्म कुन दललाईक नु मनत्रालय भनेर भागवन्डा मसेत टुग्याउन सकेका छैनन ।
दलहरुका वचिमा सहमति जुटेमा भोलि साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भनेपनि मंगलवार विहानको छलफलमा पनि कुनै निश्कर्ष निस्कन नसकेको नेताहरुकै प्रतिक्रिया छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वीच वालुवाटारमा ढेड घण्टा लामो छलफल भएको थियो ।
तर छलफलमा पनि ठोस निश्कर्ष निकाल्न सत्ता गठवबन्धनकै शीर्ष नेताहरु असफल भएका हुन् । उनीहरुले फेरि आजै साँझ थप छलफल गर्ने भन्दै उठेका छन् ।
जनता समाजवादीका अध्यक्षसमेत रहेका यादवले विहानको छलफलमा केही पनि प्रगति नभएको बताएका छन् । ‘हामी छबताएका छन् । ‘हामी छलफलकै क्रममा छौं, अहिलेसम्म केही समाचार बन्ने गरी निश्कर्ष निस्केको छैन । हामीले सामान्य मात्र छलफल गरेका हौं, साँझ फेरि छलफल गर्ने भन्दै उठेका छौं,’ यादवले मेरोन्यूजसँग भने ।
कंग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी चार ओटै पार्टीमा मन्त्रीका आकाक्षी वढी छन् । उनीहरुले आफुहरुले पाउने मन्त्रालयको संख्यामा आकाक्षी नेताहरुको ब्यवस्थापन गर्न सकस देखिएपछि सकभर भागवन्डामा एक दुई मन्त्रालय भने पनि अलिक जोडवल लगाएर आफनो पार्टीको भागमा पार्ने कोसिस नेताहरुको छ ।
पाँच दलमध्ये कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीबीच ६ मन्त्री र एक राज्य मन्त्री लिने करिब सहमति भएको छ।
शीर्ष नेताहरूबीच संवैधानिक आयोगमा नियुक्तिलगायत पछिल्ला राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद् विस्तार, सरकारका कामकारबाही, प्रदेश सरकार लगायतका समग्र विषयमै प्याकेज सहमति खोज्ने गरी भित्री छलफल शुरु गरिरहेकोले पनि समस्या आईरहेको वताइएको छ ।

















आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा : अध्यक्ष घिसिङ
लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
President applauds role of Sherpa people in promoting nation’s prestige
खैबर पख्तुनख्वामा घातक विस्फोट
ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र (पूर्णपाठ)
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया