२ हजार ४ सय कोरोना संक्रमित थपिए, थप १६ जनाको ज्यान गयो
मेरोन्यूज
२०७८ भदौ १७ गते १६:५४

काठमाडौं । देशभर २ हजार ४ जनामा कोरोना सङ्क्रमण थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ६५० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ६१९ जना र एन्टीजेन विधिबाट ३८५ जनामा सङ्क्रमण पुष्टि भएको हो।
नेपालमा हाल ३३ हजार ९४६ सक्रिय सङ्क्रमित छन्। यसमध्ये ३१ हजार ६१९ जना होम आइसोलेसनमा, २ हजार ३२७ जना संस्थागत आइसोलेसनमा, ५४४ जना सघन उपचार कक्षमा र १६६ जना भेन्टिलेटरमा उपचाररत छन्।
कोरोना संक्रमणका कारण विहीबार थप १६ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ७८६ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १८ सय ४६ जना सङ्क्रमणमुक्त भएका छन्। कूल सङ्क्रमितमध्ये ७ लाख २१ हजार १८२ जना सङ्क्रमणमुक्त भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया