तीज नजिकिँदा सुनको मूल्यमा वृद्धि
मेरोन्यूज
२०७८ भदौ २० गते १२:०९

काठमाडौँ । हिन्दु धर्मालम्वी महिलाको महान चाड हरितालिका तिज नजिकिएसँगै नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारभन्दा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।
योसँगै नेपाली बजारमा सुन मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार बजारमा सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँ रहेको थियो ।
यस्तै, आज तेजबी सुनको मूल्यसमेत ६ सय रुपैयाँले वृद्धि भई ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य एक हजार २३० रुपैयाँ कायम भएको छ । गत साता एक हजार १९५ रुपैयाँमा कारोबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो ।
सम्बन्धित

















आज पनि सुनको मुल्य व्यापक वृद्धि
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व
‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व हाे – कांग्रेस सभापति थापा
होली खेलिसकेपछि अनुहार र कपालको कसरी गर्ने स्याहार ?
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
प्रतिक्रिया