विमान लिएर भाग्ने अफगानी पाइलट भन्छन्- देशमा फर्किए तालिवानले मारिदिन्छन्

काठमाडौँ । अफगानिस्तानका एक पाइलट आफ्ना साथीसँग करिब तीन हप्तादेखि उज्बेकिस्तानको क्याम्पमा शरण लिँदै आएका छन् । उनले अमेरिकी रेस्क्यु विमानले आफूलाई उद्दार गर्ने विश्वास रहेको बताए । उनले भने, ‘हामी फर्केर आफ्नै देश गए तालिवानले मारिदिन्छन् ।’
उनी आफ्नै घर जान निकै डराइरहेका छन् । अफगानिस्तानमा तालिवानी शासन सुरू भएसँगै उनी डराएका हुन् । तालिवानले अफगानिस्तानमाथि कब्जा जमाएपछि उनी सैनिक एयरक्राफ्ट लिएर देशको उत्तरी सीमा हुँदै उज्बेकिस्तान पुगेका थिए ।
ती पाइलटले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग फोन वार्ता गर्दै आफूहरूलाई उज्बेकिस्तानमा बस्न नदिएको बताएका छन् । उनले आफूहरू शरणार्थी शिविरमा बस्दै आएकाले अमेरिकाले उद्दार गर्ने विश्वास लिए ।
‘आखिर हामी स्वदेश फिर्ता भयौँ भने पक्कै पनि तालिवानले मार्ने छन्,’ ती पायलटले भने, ‘हामीमध्ये केहीको वजन निकै घटिसकेको छ, यहाँ हामी कोही ठिक अवस्थामा छैनौँ ।’
ती पाइलटले आफ्नो नाम खुलाएका छैनन् । एजेन्सी










प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया