विमान लिएर भाग्ने अफगानी पाइलट भन्छन्- देशमा फर्किए तालिवानले मारिदिन्छन्

काठमाडौँ । अफगानिस्तानका एक पाइलट आफ्ना साथीसँग करिब तीन हप्तादेखि उज्बेकिस्तानको क्याम्पमा शरण लिँदै आएका छन् । उनले अमेरिकी रेस्क्यु विमानले आफूलाई उद्दार गर्ने विश्वास रहेको बताए । उनले भने, ‘हामी फर्केर आफ्नै देश गए तालिवानले मारिदिन्छन् ।’
उनी आफ्नै घर जान निकै डराइरहेका छन् । अफगानिस्तानमा तालिवानी शासन सुरू भएसँगै उनी डराएका हुन् । तालिवानले अफगानिस्तानमाथि कब्जा जमाएपछि उनी सैनिक एयरक्राफ्ट लिएर देशको उत्तरी सीमा हुँदै उज्बेकिस्तान पुगेका थिए ।
ती पाइलटले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग फोन वार्ता गर्दै आफूहरूलाई उज्बेकिस्तानमा बस्न नदिएको बताएका छन् । उनले आफूहरू शरणार्थी शिविरमा बस्दै आएकाले अमेरिकाले उद्दार गर्ने विश्वास लिए ।
‘आखिर हामी स्वदेश फिर्ता भयौँ भने पक्कै पनि तालिवानले मार्ने छन्,’ ती पायलटले भने, ‘हामीमध्ये केहीको वजन निकै घटिसकेको छ, यहाँ हामी कोही ठिक अवस्थामा छैनौँ ।’
ती पाइलटले आफ्नो नाम खुलाएका छैनन् । एजेन्सी


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
सर्वोच्च अदालतले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता प्रदान
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया