वासिङटनमा गोली चल्दा तीनको मृत्यु

वासिङ्टन । वासिङ्टन डी.सीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० ९ग्रीनविच समय ११ः३०० बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो ।
डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, “आक्रमणबाट तीन जनाको मृत्यु भएको छ र तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।”
डी.सी. प्रहरी प्रमुख रबर्ट कोन्टेले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार, संदिग्धहरू एक्कासी गाडीबाट बाहिर निस्किए र शनिबार राती मानिसहरूको भीडमा अन्धाधुन्ध गोली हानेका प्रत्यक्षदर्शीको भनाइ तथा प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
मृतक सबै वयस्कहरू हुन् । प्रहरी प्रमुखले गोली चलाउने समूहको बारेमा जानकारी ल्याउने जोसुकैलाई पनि ७५ हजार अमेरिकी डलरको इनामको घोषणा गरेको छ ।
















संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया