पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध
मेरोन्यूज
२०७८ भदौ २१ गते ८:२६

सिन्धुपाल्चोक । अविरल वर्षाले मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो ।
सिन्धुखोलामा विद्युत्को पोल ढल्दा मेलम्ची बजारलगायत ठाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिनुभयो ।
वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउ सकिने र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । रासस
सम्बन्धित










सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एनआईसी एशिया बैंककाे सम्पत्ति लिलाम बिक्रीसम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा
पोखरामा प्रोटोन ईमासको विशेष एक्सचेन्ज अफर
कर्मचारीले सातामा एक दिन मौलिक पोशाक लगाउने व्यवस्था गर्नुपर्छ : प्रधानमन्त्री कार्की
आहा ! आलिताल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया