नख्खु कारागारको घटना छानविन गर्न समिति गठन

काठमाडौं । आइतबार ललितपुरस्थित नख्खु कारागारमा भएको झडपको विषयमा अनुसन्धान गर्नको लागि छानविन समिति गठन भएको छ ।
कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरले विभागका निर्देशक रामचन्द्र तिवारीको नेतृत्वमा छानविन समिति गठन गरेको हो । समितिले १० दिनभित्र प्रतिवेदन बुझाउन पर्ने छ ।
विभागका निर्देशक तिवारीका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत दीपक न्यौपाने, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीको राजदल गणका अधिकृत सदस्य छन् ।
६ सदस्य रहेको भनिए पनि चिठी आफ्नो हातमा परिनसकेको भन्दै तिवारीले चिठी हात नपर्दासम्म यकिनका नहुने बताए ।
आइतबार नाइकेले कारागारभित्रको क्यान्टिनमा खानाको मूल्य बढाएको निहुँमा शुरु भएको विवादले उग्र रुप लिँदा कुटाकुट भएको थियो ।
याे पनि पढ्नुस्
कारागारभित्रै किन हुन्छन् आपराधिक घटना ?
















नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया