कपाल फुलेर मात्रै हो, नत्र म युवा नै हुँ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू युवा नै भएको बताएका छन् । एमालेको भातृ संगठन युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै उनले आफू अहिले पनि युवा नै भएको बताएका हुन् ।
‘भुलचुकमा कपाल फुल्यो र मात्रै हो, त्यो बेग्लै कुरा हो, नत्र म आफूलाई युवा नै ठान्छु,’ अध्यक्ष ओलीले भने, ‘समृद्ध नेपाल, सुखी नेपाली बनाउन सही ठाउँमा तपाईहरूलाई प्रयोग गरिन्छ, तपाईहरू सही ठाउँमा आइपुग्न्’ भयो, किनभने तपाईहरू एमालेमा प्रवेश गर्नु भएको छ ।’
अध्यक्ष ओली देशको राष्ट्रिय स्वाधिनताबारे सरकार मौन रहेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको भेलामा बोल्दै उनले दार्चुलाको जयसिंह धामीलाई बेपत्तामा सरकार मौन बसेको आरोप लगाएका हुन् ।
‘देशका बारेमा बोल्न पाइन्छ, राष्ट्रियताको बारेमा बोल्न पाउनु पर्छ भनेर नाटक गरेका थिए, तमासा गरेका थिए, आफै मुखमा टेप टाँसेको छ, आफै फिल्म शैलीमा उप्काएर फालेका छन् अनि बोल्न पाइन्छ रे,’ अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीप्रत लक्षित गर्दै भने, ‘हिजो त जस्लाई जे मन लागेको छ त्यही बोलेका थिए, अहिले त बोलेमा कारबाही गर्ने भनेर धम्काएको छ ।’









आज कति पुग्यो सुनको भाउ ?
रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया