काठमाडौँको सिडिओमा गोविन्द रिजाल आए

काठमाडौँ । सरकारले जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा गोविन्द रिजाललाई ल्याएको छ । गृह मन्त्रालयले आज काठमाडौँका सिडिओ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै रिजाललाई पठाएको हो ।
यसअघि रिजाल गृह मन्त्रालयका प्रशासन महाशाखामा कार्यरत रहेका थिए । उनले यसअघि आधा दर्जनभन्दा बढी जिल्लाहरूको सिडिओको जिम्मेवारीमा काम गरेका थिए । उनले कैलाली, दाङ, रौतहट, मकवानपुरलगायत जिल्लामा काम गरिसकेका छन् ।
विं.सं. २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारुहट आन्दोलनको घटनापछि कैलालीमा लामो समय थारू र पहाडी समुदायबीच आशंकाको अवस्था रहेको थियो । रिजाल कैलालीमा सिडिओ भएर गएपछि दुई समुदायबीच सम्बन्ध सुधारमा ठूलो भूमिका खेलेका थिए ।
उनी जटिल परिस्थितिको सामना गर्न सक्ने कुशल प्रशासकका रुपमा चिनिदै आएका छन् ।
यो पनि पढ्नुहोस् : गृह मन्त्रालयको प्रशासन महाशाखामा खनालको सरुवा










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया