पर्यटन बोर्ड परिसरमा निटोगको धर्ना

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित पर्यटन क्षेत्रसँग सम्बन्धित श्रमिकहरूले शान्तिपूर्ण आन्दोलन थालेका छन् । स्वतन्त्र पर्यटन श्रमिकहरूको छाता संगठन नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग)ले सोमबारदेखि नेपाल पर्यटन बोर्डमा शान्तिपूर्ण आन्दोलन सुरु गरेको हो ।
लामो समय बितिसक्दा पनि सम्बन्धित निकायबाट कुनै सहयोग नभएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । आफ्नो दैनिक जीविकोपार्जनमा परेको समस्या लिएर सरकार, टुरिजम बोर्डलगायत सम्बन्धित निकायमा ध्यानाकर्षण गराईसकेको निटोगले जनाएको छ । तर, कुनै पक्षबाट समस्या सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन् ।

यस्तै, पूर्ण मात्राको खोप लगाई पिसिआर नेगेटिभ रिपोर्ट लिएर नेपाल आएका पर्यटकलाई समेत क्वारेनटाइन बस्नु पर्ने नियमले पर्यटकहरू नेपाल आउन निरुत्साहित भएको निटोगको ठहर छ । यसले दक्ष पर्यटन श्रमिकहरूमा अनिश्चित भविष्यको चिन्ता र निराशा बढाएको निटोगका अध्यक्ष रामकाजी प्रयासले बताए । आन्दोलनमा श्रमिकले विभिन्न खाले माग झल्कने नारा लगाएका थिए ।
नेपाल पर्यटन बोर्डले सीमित व्यक्तिको पहुँचमा पुग्ने गरी पर्यटन श्रमिक कल्याणकारी कोष परिचालन गर्ने बाटो लिएको र अनेकन मुद्दामा बहुसंख्यक श्रमिकको भावना कुल्चेको निटोगको आरोप छ ।











कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
सुरु भयो क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माण
महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास
व्यापार बढाउने माध्यम बन्यो एनपिएल
महिला फुटबल टोली इन्डोनेसिया प्रस्थान
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया