सत्तारुढ गठबन्धन विखण्डकारी तत्व : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन विखण्डकारी तत्व भएको बताएका छन् । बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले विखण्डकारी गठबन्धनबाट लोकतन्त्रको रक्षा नहुने बताए । उनले गठबन्धनभित्र राष्ट्र विखण्डन गर्न चाहने तत्व रहेको बताए ।
उनले भने, ‘ गठबन्धनमा लोकतन्त्रविरुद्ध हतियार उठाएका तत्व छन् । राष्ट्र विखण्डन गर्न चाहने तत्व छन् । आफ्नो स्वार्थका लागि जे पनि गर्ने तत्व छन् । यस्ता तत्वबाट लोकतन्त्रको रक्षा हुँदैन ।’
ओलीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गरिमा कायम राख्न नसकेको बताए । उनले भने, ‘सभामुखको गरिमा उहाँले कायम गर्नु भएको छैन । सभाखुका टेबलबाट षड्यन्त्र हुन्छ । उहाँले गठबन्धनको मतियारको रूपमा काम गर्नुभयो । हाम्रा साथीहरू धेरे ठाउँमा निस्कासनमा परेका छन् । तर, ह्वीप उल्लघंन गर्नेलाई हामीले कारवाही गर्दा यसरी अड्काइन्छ । यो धेरै ठाउँमा प्रकट भएको छ ।’
ओलीले छापामार शैली र धोकापूर्ण ढंगले मध्यरातमा अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएको आरोप लगाए । उनले मध्यरातमा अधिवेशन अन्त्य गरेर भोलिपल्ट बिहान अध्यादेश ल्याएको बताए । यस्तै ओलीले निर्वाचन आयोगप्रति कडा टिप्णी गरेका छन् ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया