कांग्रेस १४ औं महाधिवेशन
कांग्रेस १४ औं महाधिवेशन : महामन्त्री पद दुई, आकांक्षी एक दर्जन !
महामन्त्रीमा क-कसको दाबी ?

काठमाडौं । कांग्रेसको विधानमा महामन्त्री दुई जना हुने ब्यवस्था छ । १३ औं महाधिवेशनमा एउटा निर्वाचित र अर्काे मनोनित महामन्त्रीको ब्यवस्था थियो । तर १४ औँ महाधिवेशनमा महामन्त्रीका दुवै पदमा निर्वाचित हुनुपर्ने ब्यवस्था गरिएको छ । सभापतिपछिको कार्यकारी मानिने महामन्त्रीमा यसपटक कांग्रेसका पहिलो पुस्ताका नेताका भन्दा दोस्रो पुस्ताका नेताहरुको दावी वढी छ ।
युवा पुस्ताले महामन्त्रीमा रुची देखाईरहँदा बुढापुस्ताका नेताहरुले भने महामन्त्रीका उठिहाल्ने आकाक्षा त्यक्ति देखाएका छैनन । त्यही कारण पनि यसपटकको कांग्रेस महाधिवेशनमा सभापतिका आकाक्षी वुढो पुस्ता नै देखिएपनि महामन्त्रीमा भने तन्नेरी पुस्ताकै चर्चा चुलीमा छ ।
पार्टीको तल्लो तहवाटै महाधिवेशनको औपचारिक प्रक्रिया शुरु हुँदै गर्दा कांग्रेसमा आकाक्षी उम्मेदवारहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । टिमवद्ध घोषणा भइनसकेपनि आकांक्षीहरुले ब्यक्तिगत उम्मेदवारी घोषणा कांग्रेसमा हुन थालेको छ ।
पार्टीभित्र समान प्रतिस्पर्धामा रहेका नेताहरुकाबीचमा महामन्त्रीमा भिडन्त हुने देखिएका कारण पनि महामन्त्री पदको चुनावी रौनकता रोचक हुने देखिएको कांग्रेसभित्र चर्चा छ । जति सभापतिको उम्मेदवार अन्तिमसम्म कति जाना बन्लान् र कसले नेतृत्वमा बाजी मार्ला भन्ने चर्चा शुरु हुँदै गर्दा महामन्त्रीको रोचक प्रतिस्पर्धा यसपटक हुने देखिएको छ ।
अहिले ९सभापति शेरबहादुर देउवा० संस्थापन पक्षबाट विश्वप्रकाश शर्मा, डा प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी साउद र रमेश लेखकले महामन्त्रीको आकांक्षा राखेका छन् । जसमध्ये देउवाले आफनो टिमबाट दुई जना महामन्त्रीका उम्मेदवार क–कसलाई छान्छन् ? खुलिसकेको छैन । तर आकाक्षी नेताहरुका दावी र प्रचारशैली हेर्ने हो भने सवैले सभापतिको साथ पाएको जिकिर गर्न छोडेका छैनन् ।
सहमहामन्त्री रहेका डा. प्रकाशशरण महतले आफु देउवाको अलिक विश्वासपात्र भएको भन्दै महामन्त्रकिो उम्मेदवारी घोषणा गरिसकेका छन् । देउवाले पनि आफु अनुकुलको महामन्त्री बनाउन नसकिए अर्काे महाधिवेशनमा आफ्नो समुहलाई अप्ठ्यारो पर्ने ठानेर पनि उनले विश्वासपात्र मध्येवाट दुईलाई महामन्त्रकिो उम्मेदवार बनाउने ठानिएको छ ।
सोहीकारण पनि महतले आफुलाई देउवाको समुहबाट महामन्त्रीको बलियो उम्मेदवारका रुपमा प्रस्तुत गर्न थालेका छन् । देउवाका राम्रा र नराम्रा सबै कुराको पक्षपोषण गर्ने महतले आफु महामन्त्री उम्मेदवार हुने सार्वजनिक रूपमा बताइसकेका छन् । देउवाको विश्वासपात्र अहिलेको कानुनमन्त्री ज्ञानेन्द्रवहादुर कार्की भद्र छवि भएका मानिन्छन् ।
यसैगरी, अहिलेका गृहमन्त्री एवम् कांग्रेसका केन्द्रिय सदस्य खाँण तरुण दल र नेविसंघको सांगठनिक नेटवर्क भएका सशक्त आकांक्षी हुन् । क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखक देउवाका अर्का विश्वासपात्र भएकाले उनी बलिया आकाक्षीं मानिन्छन् ।
सुदुरपश्चिमकै एनपी साउदलाई देउवाले आफनो किचेन क्याविनेटमा प्रमुख राजनीतिक सल्लाहकार बनाउन चाहेपनि उनले पार्टीमा आफुलाई स्थान दिन आग्रह गरेअनुसार उनी पनि देउवाको टिमका वलिया उम्मेदवार हुन् । पार्टी प्रवक्ता शर्मा पनि महामन्त्रीमै लड्ने तयारी गरेका छन् ।
उनले यही भदौ २४ गते विपि स्मृति दिवसका दिन पारेर औपचारिक उम्मेदवारी घोषणा गर्ने तयारी गदै छन् । आफ्नै समुहका महामन्त्रीका आकाक्षीले समुहको आधिकारिक टिकट नपाए संस्थापन पक्ष छाड्नेसम्मको चर्चा हुन थालेपछि देउवालाई महामन्त्रीमा क-कसलाई ल्याउने भन्नेमा थप समस्या देखिन थालेको छ ।
संस्थापन पक्षमा देउवा आफै सभापतिका उम्मेदवार बन्दैछन् । टिम ब्यवस्थापनमा समस्या देखिए त्यसको असर महाधिवेशनमा आफैमाथि पर्न सक्ने देखेर पनि उनले सचेततापूर्वक आकाक्षी नेताहरुको चाहनाको लेखाजोखा गरिरहेको बालुवाटारभित्र चर्चा चल्ने गरेको छ । संस्थापन समुहका उपसभापति निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

यता, संस्थापनइतर (रामचन्द्र पौडेल) समूहतर्फका युवा नेताहरुको रोजाई र आकाक्षा पनि बढीजसो महामन्त्रीमा परेको देखिन्छ । चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, गुरु घिमिरे, गगन थापा, धनराज गुरुङ लगायतका नेताहरुले महामन्त्रीमा आकाक्षा देखाएका छन् ।
१३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समुहबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा पौडेल पक्षको पत्रकार सम्मेलनको अघिल्लो लहरमा बसेर समुह परिवर्तनको संकेत गरेका छन् । उनले पौडेल पक्षबाट महामन्त्रीमा उम्मेदवारी दिने बताईएको छ । कुन समुहबाट उठने नभनेपनि आफुले १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने उनले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं ४ मा पुगेर घोषणा गरिसकेका छन् ।
अर्का नेता मिनेन्द्र रिजालले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेर तयारी अघि बढाएको बताए । पौडेल समुहमा पनि सभापतिका आकाक्षी धेरै छन् । संस्थापनइतर समुहमा नै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला, केन्द्रिय सदस्य कल्याण गुरुङ् सभापतिका प्रत्याशी छन् । जसकाकारण पनि महामन्त्रीमा कुन कुन नेतालाई कसरी ब्यवस्थापन गर्छन् ? अहिले चासोको विषय बनेको छ । यो समुहले सभापति , महामन्त्री लगायतमा साझा उम्मेदवार चयन गर्ने प्रतिवद्धता जनाईसकेका छन् ।
कृष्णप्रसाद सिटौला पक्षबाट प्रदीप पौडेल महामन्त्रीमा लड्ने तयारीमा छन् । १३ औँ महाधिवेशनमा सिटौला समुहबाट महामन्त्री उठेर पराजित भएका गगन थापा, अहिले पौडेल समुहमा देखिएपछि पौडेल ले महामन्त्रीमा आफै अगाडी बढ्ने तयारी गरेका हुन् ।
उनले केही दिनमै उम्मेदवारी घोषणा गर्ने बताउँदै आएका छन् ।
नेपाली कांग्रेसले पछिल्लो पटक संशोधन गरेको विधानमा सभापतिसहित १४ पदाधिकारीको व्यवस्था छ । जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र कोषाध्यक्ष हुने व्यवस्था गरेको छ ।
समानुपातिक समावेशीको समूहबाट ८ सहमहामन्त्रीको व्यवस्था रहेकाले धेरै युवाको व्यवस्थापनमा सहज हुने पनि देखिएको छ । सबै पदाधिकारी निर्वाचित हुने नयाँ व्यवस्था कांग्रेसमा महाधिवेशनबाट कार्यान्वयनमा आउने भएको छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया