देशभर ९११ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु
काठमाडौं उपत्यकामा थप ३०९ जनामा कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, कोभिड–१९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा मृत्यु हुनेको कूल संख्या १० हजार ९४९ रहेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय २३ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ ।
काठमाडौं उपत्यकामा थप ३०९ जनामा कोरोना
काठमाडौं उपत्यकामा आइतबार थप ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा सबैभन्दा धेरै १८७ संक्रमित थपिएका छन् भने भक्तपुरमा ६६ र ललितपुरमा ५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल काठमाडौं उपत्यकामा ६ हजार ४०६ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौं जिल्लामा ३ हजार ३१५, भक्तपुरमा १ हजार १६२ र ललितपुरमा १ हजार ९२९ सक्रिय संक्रमित छन् ।










आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
अर्थपूर्ण भारत भ्रमणमा डा. बाबुराम भट्टराई
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन
आज विश्व ध्यान दिवस मनाइँदै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया