देशभर ९११ कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु
काठमाडौं उपत्यकामा थप ३०९ जनामा कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४५४ जनाको सघन उपचार कक्ष र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै, कोभिड–१९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा मृत्यु हुनेको कूल संख्या १० हजार ९४९ रहेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय २३ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९५.१ प्रतिशत पुगेको छ ।
काठमाडौं उपत्यकामा थप ३०९ जनामा कोरोना
काठमाडौं उपत्यकामा आइतबार थप ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा सबैभन्दा धेरै १८७ संक्रमित थपिएका छन् भने भक्तपुरमा ६६ र ललितपुरमा ५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल काठमाडौं उपत्यकामा ६ हजार ४०६ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौं जिल्लामा ३ हजार ३१५, भक्तपुरमा १ हजार १६२ र ललितपुरमा १ हजार ९२९ सक्रिय संक्रमित छन् ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया