प्रधानमन्त्री देउवाको आक्रोशः संसद कहिले चल्छ ओलीजीलाई सोध्नुस्

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक अवरुद्ध भएकोमा प्रमुख प्रतिपक्षी दल एमालेप्रति रुष्ट बनेका छन् ।
संसद बैठक लगातार अवरुद्ध भइरहेकाबेला प्रधानमन्त्री देउवाले आइतबार संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद बैठक सुचारु कहिले हुन्छ ? भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गरे ।
‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद चलाउनु हुन्छ ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने,– ‘ओलीजीलाई सोध्नू’ ।
एमालेले संसदमा अवरोध गर्दै आएकाले सूचारु गराउने जिम्मा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताए ।
प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउने षडयन्त्रमा प्रत्यक्ष संलग्न भएको आरोप लगाउँदै आएको छ ।
एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निस्काशन गरेका सांसदलाई संसद बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ ।
आइतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौं २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सदन सूचारु गर्नेबारेमा छलफल गर्न सभामुख सापकोटाले सोमवार सर्वदलीय बैठक आह्वान गरेका छन् ।

















15 days to go for voting: EC appeals to all not to misuse technology
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
रास्वपाकी मधेश प्रदेश संस्थापक सभापतिले छोडिन् पार्टी
अण्डाको मूल्य बढ्यो
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया