भारतको केरलामा निपाह भाइरस तीव्र फैलिदै, नेपालमा सतर्क हुन विज्ञको सुझाव

काठमाडौं । भारतको केरलामा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरलामा देखिएको निपाह भाईरसको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.कृष्णप्रसाद पौडेलले नेपालमा पनि निपाह भाइरसको सङ्क्रमण फैलन सक्ने हुदाँ सतर्कता अपनाउँन आग्रह गरे ।
उनका अनुसार ज्वरो आउने,रिङगटा लाग्ने,टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाई हुने,टन्सिलाईटिस हुने यस संक्रमणको लक्षण हो ।
निपाह भाइरसको लक्षण देखिएमा बिरामीको नमुना लिएर काठमाडौँको टेकुस्थित जनवास्थ्य प्रयोगशालामा पठाउन पनि महाशाखाले आग्रह गरेको डा.पौडेलले जानकारी दिए ।
“निपाह भाइरस पशुबाट सर्ने एक गम्भीर प्रवृतिको रोग लाग्ने भाइरसको संक्रमण हो,यस भाइरस प्राकृतिक रुपमा फुट ब्याट प्रजातिको चमेराबाट सर्छ,”उनले भने,यो भाइरस जनवारबाट जनावरमा, मानिसबाट मानिसमा पनि सर्दछ ।”
उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बैठकले सबै अस्पताललाई परिपत्र गर्दै सङ्क्रमणको चुनौतीविरुद्ध प्रबन्ध गर्न र लक्षण देखिए रिपोर्टिङ गर्न भनिसकेको जानकारी दिए ।
उनका अनुसार यसबाट बच्न फलफुलमा राम्रोसँग पखालेर मात्रै खाने,तरकार िसकेसम्म पकाएर खाने, गाइवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा पञ्जा र मास्कको प्रयोग गर्ने,सकेसम्म पानी उमालेर मात्रै पिउने , समय समयमा साबुनपानीले हात धुने र मास्कको प्रयोग गर्ने गर्नुपर्छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया