विश्वमा आज : द न्युयोर्क टाइम्सको सुरुवातदेखि ओजन तहको रक्षासम्म

सेप्टेम्बर १८ अर्थात आज विश्वमा अनेक ठूला घटना भएका छन् । जसमध्ये आजकै दिन विश्व चर्चित पत्रिका ‘द न्युयोर्क टाइम्स’को सुरुवात भएको थियो । सन् १८५१ मा यस पत्रिकाको प्रकाशन सुरु भएको हो ।
पत्रकार तथा नेता हेनरी जार्विस रेमण्ड र पूर्व बैंकर जर्ज जोन्सले यस पत्रिकाको सुरुवात गरेका थिए । यसको पहिलो प्रकाशन जोन्स एण्ड कम्पनीबाट प्रकाशित भएको थियो ।
सन् १८९६ सम्म आइपुग्दा जब पेपरलाई एडल्फ साइमनले किने तब हरेक हप्ता पत्रिकाबाट एक हजार डलर नोक्सान हुँदै आएको थियो । त्यसपछि उनले पत्रिकाको सम्पादकीय नीति बदलेका थिए ।
विश्वको सबैभन्दा भयानक टाइटनिक जहाज डुब्दा पत्रिकाले हरेक कोणबाट गहिरो रिपोर्टिङ गर्यो । सोही घटनापछि पत्रिकाको उचाई थप बलियो हुन पुग्यो । यस्तै, पहिलो र दोस्रो विश्वयुद्धको समयमा पनि पत्रिकाले ठूलो भूमिका खेलेसँगै पत्रिकामाथिको आम विश्वस थप बलियो बन्न पुगेको थियो । सन् १९७१ मा यस पत्रिकाले पेण्टागन पेपर्सको छाप्न शुरू गर्यो, जुन विश्वभर खोजी पत्रकारिताको एक नमुना बन्न पुग्यो । आजकै दिन यस पत्रिका प्रकाशनमा आएको १७० वर्ष पूरा भएको छ ।
योसँगै आज विश्वभर भएका घटनाहरू यस प्रकारका छन्
२०१९ : भारत सरकारले इ-सिगरेट्सको उत्पादन, इम्पोर्ट-एक्सपोर्ट, ट्रान्सपोर्ट, सेल तथा भण्डारणमाथि प्रतिबन्ध ।
२००६ : रूसी रकेट सोयुज अन्तर्राष्ट्रिय स्पेस स्टेशनका लागि प्रक्षेपण ।
२००४ : भारतमाथि अमेरिकाले लगाएको व्यवसायिक स्पेस कार्यक्रम तथा न्युक्लियर पावर उत्पादन खुला ।
२००३ : ढाका-अगरतला बस सेवा सुरू ।
१९९७ : ओजन तहको रक्षाका लागि सय देशले सन् २०१५ सम्म मिथाइल ब्रोमाइडको उत्पादन बन्द गर्ने फैसला ।
१९८८ : बर्माले आफ्नो संविधान रद्द गरेको घोषणा ।
१९८७ : अमेरिका र रुसबीच मध्यम दूरीको मिसाइल हटाउने पत्रमा हस्ताक्षर ।
१९२२ : हंगरी लिग अफ नेशन्समा सहभागी ।
प्रतिक्रिया