असाेज ५ गते कांग्रेस काठमाडौँको वडा अधिवेशन हुने
मेरोन्यूज
२०७८ असोज २ गते ९:१९

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन आगामी ५ गते हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौँ जिल्ला समितिको बैठकले वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो ।
कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिए ।
काठमाडौँमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौँमा १३८ वडा छन् । काठमाडौँमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया