तनहुँमै पीसीआर परीक्षण सुरु

काठमाडौँ । तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको पीसीआर प्रयोगशालाले अनुमति पाएको छ । व्यास नगरपालिका १० दुम्सीमा सञ्चालित पीसीआर प्रयोगशालालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएको हो ।
प्रदेश प्रयोगशालाले स्थलगत अनुगमन गरी पेश गरेको प्रतिवेदन र प्रयोगशालाबाट प्राप्त २० नमूनाको नतिजा प्रमाणीकरणका आधारमा प्रयोगशालाको मापदण्ड पुगेकाले पीसीआर परीक्षण गर्न अनुमति प्रदान गरिएको निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले प्रयोगशालाका मेसिनको सम्पूर्ण मापदण्ड पुगेकाले अब पीसीआर परीक्षणको तयारी गरिएको जानकारी दिए । प्रयोशालामा पाँच जना स्वास्थ्यकर्मी नियुक्त गरिएको छ ।
प्रयोगशालाबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । त्यसको नतिजा साढे दुई घण्टामा प्राप्त हुन्छ । “जिल्लामा प्रयोगशाला नहुँदा यस अगाडि स्वाब संकलन गरेर पोखरा पठाउनु पर्ने बाध्यता थियो, अब जिल्लामै सहज रुपमा छिटो, छरितो परीक्षण हुन्छ”, उनले भने ।
यसका लागि संघीय सरकारले नगरपालिकालाई २५ लाख रुपैयाँ बजेट सहयोग गरेको थियो । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाउँदा रिपोर्ट आउन ढिलाई भएपछि नगरपालिका आफैँले व्यवस्था गरेको हो । यसका लागि व्यासका जनप्रतिनिधिले एक महिनाबापतको १२ लाख रुपैयाँ सहयोग गरेका छन् ।
नगरपालिकाअन्तर्गत विभिन्न शाखा तथा उपशाखामा कार्यरत कर्मचारीले प्रयोगशालाका लागि ६ लाख सहयोग गरेका छन् । यसका लागि तनहुँ समाज हङकङ र तनहुँ समाज अष्टे«लियाकोतर्फबाट दुई÷दुई लाख सहयोग गरिएको थियो ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया