केपी ओली जस्तो धोकेवाज र झुट बोल्ने नेता अरु छैनन : प्रचण्ड
केपी ओली त्यस्ता मान्छे हुन्, जो मलामी जाँदा पनि बाजा बजाएर नाँच्दै हिडन सक्छन्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी ओली जस्तो धोकेवाज र झुट बोल्ने नेता अरु कोही नभएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडा कोटेश्वरमा सोमबार विहान आयोजित सूर्यनाथ राना मगरको ३६ औं स्मृति दिवस कार्यक्रममा प्रचण्डले ओली जालीझेली नेता मात्रै भएको बताएका हुन् ।
‘केपी ओली जस्तो जाली झेली नेता अरु कोही छैनन, उनी जति झुट बोल्ने नेता अहिले राजनीतिमा अरु कोही छैनन,’ प्रचण्डले भने,–‘धोका अरुलाई दिने तर अरुलाई वडो सजिल्यै धोकेवाज भन्ने । विचार सिद्दान्त भनेपछि पोलेर खाने जमात हरु मात्रै ओलीको एमालेमा छन् ।’
ओलीले भाषण गर्दा प्रयोग गर्ने उखान टुक्कामा ताली वजाउने देखि आफु अचम्ममै परेको भन्दै उनले किन ताली वजउछन भनेर कहिले काही हासो पनि उठ्ने गरेको बताए ।
ओली धोकेवाज, जालीझेली भनेर सिकाउने नेताहरु भनेकै योगेश, घनश्याम गोकर्ण विष्टहरु नै रहेको भन्दै प्रचण्डले अहिले उनै नेताहरुले ओलीसग आत्मसमर्पण गरेको बताए । ‘हामीलाई ओली धोकेवाज हुन्, जालीझेली हुन् भनेर सिकाएको घनश्याम, योगेश , गोकर्ण लगायतका १० जनाको टोलीले हो । उहाँहरुले नै हामीलाई दहोसँग टेक्नुस भन्नुभयो , लास्टमा उहाँहरुले नै ओलीसँग आत्मसमर्पण गर्नुभयो,’ प्रचण्डले भने ।
एमालेमा मात्रै एउटा सूर्य भन्ने मात्र रहेको र अरु विचार सिद्धान्त केही नरहेर सवै पोलेर खाईसकेको अवस्था रहेको पनि प्रचण्डको भनाई थियो ।
केपी ओली मलामी जादा पनि वाजा वजाएर नाच्दै जाने मान्छे भएको पनि प्रचण्डले बताए । ‘वालुवाटारवाट वाहिर निस्कनु भनेको हारेर निस्केको हुन्, उनले पञ्चेवाजा वजाएर निस्केका छन्, मान्छे फेरि त्यसमा पनि आनन्द मानेर हेरेर वसेका छन्, करोडौै खर्च गरेर मान्छे जम्मा गरेको पनि महिले सुन्न पाएको छु, तर त्यस्तो नौटंकी हामीले गर्नु छैन,’ प्रचण्डले भने ।
एमालेभित्र विचार, राजनीति भन्ने नेताहरु निस्केको पनि उनले वताए । त्यसमा आफुहरुको मेहनतको फल पनि लागेको प्रचण्डले बताए ।
‘मेहनतको फल लागेको पनि छ । माधव -झलनाथ खनाल सही ट्याकमा लागेका छन् । हामीले ठूलो मेहनत गरेका छौं । केपीको निरंकुशता विरुद्द उहाहरुले विद्रोह गर्नुभएको छ,’ प्रचण्डले भने ।
प्रचण्डले केपी ओलीसँग रिस त धेरै उठेको भन्दै अहिले धेरै नबोल्ने पनि वताए ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया