काठमाडौँमा ‘मिसेस नेपाल वर्ल्ड’ आयोजना हुने

काठमाडौँ । रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको विवाहित महिलाका लागि नेपालको सबैभन्दा ठूलो प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ नामक सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’का रुपमा आयोजना हुने भएको छ । सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोना महामारीले स्थगित हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई आयोजन हुने भएको हो ।
यस वर्ष मिसेस नेपाल वर्ल्डको पहिलो संस्करणको घोषणासँगै कार्यक्रम विजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छिन्। यस वर्षदेखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मञ्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एम एस नेपाल इन्टरनेसनल गरी तीन जना विजेताको छनोट हुने छ ।
यसैगरी मिसेस इन्टरनेसनल नेपाल तथा एम एस नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल तथा एम एस इन्टरनेसनलमा सहभागिता जनाउने छन । यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुने छ ।
विगतमा सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरि विजेताले उक्त मुद्दामा केन्द्रीत रही काम गर्नु पर्ने हुँदा यस वर्षलाई मिसेस नेपालले ‘क्यान्सरविरुद्धको जनचेतना अभियानलाई’ वर्षको मुद्दा बनाएको छ ।
यसअघि सम्पन्न मिसेस इन्टरनेसनलमा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले क्रमसः उपाधी जितेका थिए । कार्यक्रम सम्बन्धि विस्तृत जानकारी तथा कार्यक्रमको तालिका छिट्टै नै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने आयोजक संस्था रिबन इन्टरटेनमेन्टले विज्ञप्तिमार्फत जनाएको छ ।
















एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
देववृक्ष उत्पादन गर्दै डिभिजन वन कार्यालय
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया