ओलीको प्रतिवेदनमाथि घनश्याम भुसालकाे फरक मत
बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ती छामेजस्तो’

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमाथि फरक मत राखेका छन् ।
भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’’माथि प्रश्न उठाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बूँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरीकन अघि बढ्नै नसकिने तर्क पेश गरेका छन् ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आईतबार सम्पन्न पार्टी केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको बहुदलीय जनवाद के हो ? भन्ने कुरा अहिलेसम्म परिभाषित नगरेको बताए ।
‘जनताको बहुदलीय जनवादको यत्रो कुरा गरेका छौं । तर त्यो के होे ? भन्ने कुरा नै नभनेर पनि जान सकिन्छ ? तसर्थ यो पनि हामीले परिपूर्ण गराऔं भन्ने मेरो कुरा हो ।’– उनले भने ।
उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ती छामेजस्तो’ हुन नहुने टिप्पणी गरे ।
‘हामीले जनताको बहुदलीय जनवादको कुरा गरेका छौं । त्यो चाँही हामी जस्ले जे भन्छ, त्यो आँखा नदेख्नेले हात्ती छामेजस्तो जसले जे बुझ्यो, त्यही भयो । त्यसलाई परिभाषित गरेका छैनौं ।’ भुसालले भने ।
एमाले उपमहासचिव भुसालले कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खानु परेको उल्लेख गर्दै त्यसमा आफै भित्रै रहेको कमजोरीको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समावेश नभएको भन्दै त्यसमा पनि फरक मत रहेको बताए ।
समाजवादमा जाने ठोस कार्यक्रम पनि अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख नगरिएकोमा पनि आफ्नो असहमति रहेको भुसालको भनाइ छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया