दैनिक १६ अर्ब रूपैयाँ कमाउँछन् अडाणी
मेरोन्यूज
२०७८ असोज १४ गते २०:२५

काठमाडौँ । भारतीय व्यापारिक घराना अडाणी ग्रुपका मालिक गौतम अडाणी एसिया दोस्रो धनी व्यक्ति बनेका छन् । उनले पछिल्लो एक वर्षमा हरेक दिन १६ अर्ब ३ लाख २० हजार कमाउँदै आएका छन् ।
पछिल्लो वर्ष मात्रै उनको कूल सम्पत्ति ८० खर्ब ८० अर्ब पुगेको छ । एक वर्षपहिले उनको कूल सम्पत्ति २२ खर्ब ४० अर्ब रहेको थियो ।
यस्तै, भारतका सबैभन्दा धनी व्यापारिक घराना मुकेश अम्बानीको परिवार रहेका छन् । उनले पछिल्लो एक वर्षमा हरेक दिन दुई अर्ब ६० करोड रूपैयाँ कमाउँदै आएका छन् । यस वर्ष उनको कूल सम्पत्तिमा ९ प्रतिशतले वृद्धि भएको छ ।
अम्बानीको तुलनामा अडाणीले पछिल्लो एक वर्षमा ६ गुणा बढी सम्पत्ति वृद्धि गर्न सफल भएका छन् । यस्तै, अडाणीले आफ्नो सम्पत्तिमा ४ गुणा वृद्धि गर्न सफल भएका छन् ।
५९ वर्षीय अडाणीले आफ्नो सम्पत्तिमा तीव्र गतिमा वृद्धि गर्दै आएका छन् ।
सम्बन्धित

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया