पानीको बोतलमा ओलीको फोटो, मुख्य मञ्चमा छैन पुराना कम्युनिष्ट नेताहरुको तस्वीर
मेरोन्यूज
२०७८ असोज १५ गते १३:५९

काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनमा पानीको बोतलमा समेत पार्टी अध्यक्ष केपी शर्मा ओालीको फोटो राखिएको छ । ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा आजबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा राखिएको पानीको बोतलमा ओलीको फोटो राखिएको हाे ।
तर एमालेले विधान महाधिवेशनको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन । विगतमा पुराना कम्युनिष्ट नेताहरु पुष्पलाल, मदन र मनमोहनको तस्वीर हुन्थ्यो ।
एमालेले पहिलो विधान महाधिवेशनको मुख्य मञ्चमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको तस्वीर राखिएको छैन ।
महाधिवेशनस्थल सम्मेलन केन्द्र परिसरका ठाउँठाउँमा अध्यक्ष ओलीको पूर्ण कदको मस्कट राखिएको छ ।
सम्बन्धित










कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया