केही मान्छेहरू म बाँचेकोमा चिन्तित छन् : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही मान्छेहरू आफू बाँचिरहेकाले चिन्तित भएको बताएका छन् । पार्टीको विधान महाधिवेशनमा आफूले पेश गरेको प्रतिवेदनको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
‘केही मान्छेहरू म बाँचेकोमा चिन्तित छन्, मलाई कार्यकर्ताले माया गरेको देखेर चिन्तित छन्,’ उनले भने, ‘७० वर्षको त्यस्ता कठिन दिनमा त पार्टीमा लागेँ–बाँचेँ भने अब त यस्तो कठिन दिन नआउला नि ।’
यस्तै, अध्यक्ष ओलीले यस कार्यक्रममा बोल्दै जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्त थप स्पष्ट हुने अवस्थामा आएको बताए । जबजको सिद्धान्त सरल र सहज हुँदै गएकाले साधरण मानिसले समेत स्पष्ट हुने अवस्थामा आएको बताएका हुन् ।
उनले केही मान्छे एमालेभित्र झगडा भइदिए हुन्थ्यो भन्ने भाव राखेर अनावश्यक हल्ला चलाउँदै आएको बताए । ‘एमालेको एकता तोड्न अनेक भ्रम छर्दै छन्, मलाई देवत्वकरण गरेको भन्ने हल्ला फैलाइएको छ,’ उनले भने ।
उनले दक्षिणपन्थी अवसरवादले पार्टी एकता हुन नदिने भन्दै यस्तालाई परास्त गर्दै जबजको मार्ग दर्शनमा अघि बढ्नु पर्ने बताए ।















डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्प चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया