कराँतेमा नेपाललाई चार स्वर्ण
मेरोन्यूज
२०७८ असोज १७ गते २०:१६

काठमाडौं । जर्मनीमा भएको चेम्निज ओपन कराँते च्याम्पियनसिपमा नेपालले चार स्वर्ण र दुई कास्यपदक जितेको छ ।
नेपालका मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते । उनले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेका हुन् । मन्डेकाजी १३औँ दक्षिण एसियाली खेलकूद (साग) का दोहोरो स्वर्ण विजेता पनि हुन् ।
सागकै कास्य विजेता मुकुन्द्र महर्जनले ३० वर्षमाथि स्वर्ण र कुमुतेको पुरुष ७५ केजीमुनि कास्य जिते ।
त्यस्तै सुमन तिमल्सिनाले पुरुष सिनयर एकल कातामा कास्य तथा आफ्नो उमेर समूहमा स्वर्ण हात पार्न सफल भएको नपाली टोलीको टिम व्यवस्थापक स्वच्छम गुरुङले जानकारी दिए ।
उक्त प्रतियोगितामा जर्मन, पोल्याण्ड, अस्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन, बेल्जियमलगायतका राष्ट्रको सहभागिता रहेको थियो ।
सम्बन्धित


















मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
त्रिभुवन विमानस्थल राति सात घण्टा बन्द हुने
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
यूएईसँगको खेलमा नेपाल पराजित
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया