सोमबार, जेठ ५, २०८२

अफगानिस्तानका विस्थापितहरू घर फर्किन थाले

मेरोन्यूज २०७८ असोज १९ गते १६:१०

काठमाडौँ । अफगानिस्तानमा तालिवानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाबाट विस्थापित भएका नागरिकहरु घर फर्किन थालेका छन् । यसै क्रममा सोमबार अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६ सय जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ ।

ताजकिस्तानको सीमा क्षेत्रमा ती नागरिकहरू विस्थापित भएर बसेका थिए । पछिल्ला दिनमा उनीहरुको घर गाउँमा अवस्था सामान्य बन्दै गएपछि घर फर्किएको बादखसान प्रान्तका गभर्नर माल्भी अमेनुद्दिन मन्सुरले जानकारी दिए ।

उनका अनुसार अरु पनि सो प्रान्तबाट विस्थापित भएर अफगानिस्तानका विभिन्न भूभागमा पुगेका नागरिकले आफ्नो घर फर्किने तयारी गरिरहेको सूचना प्राप्त भएको छ । गत महिना भएको सत्ता विद्रोहका क्रममा भएका हिंसाका कारण यहाँका हजारौँ नागरिक घर छोडेर भागेका थिए ।

प्रतिक्रिया