विधेयक फिर्ता गरेर सरकारले गल्ती गर्याे : नेता नेम्वाङ
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ । एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसदबाट फिर्ता गरेर सरकारले उल्टो काम गरेको प्रतिक्रिया दिएका हुन् ।
शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै विधेयकहरुलाई फिर्ता लैजाने र अध्यादेशमार्फत् विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिए । उनले भने, ‘निजामती विधेयक कति समय समितिमा छलफल भयो, तपाई हामी सबैको दबाब चाँडो ल्याउ, चाँडो पास गर भनी राखेको विधेयक हो, बल्लबल्ल संसदमा प्रवेश गर्यो । संसदमा त्यतिञ्जेल रह्यो, अब अहिले आएर त्यसलाई फिर्ता लैजाने भनेर सरकारले फिर्ता लिने काम गर्यो, यो साह्रै बेठिक र उल्टो काम भइराखेको छ ।’
उपनेता नेम्वाङले सरकारले आफूको कारणले कुनै विधेयक नरोकेको स्मरण गराएका थिए । तर, उनले सरकारले अध्यादेशको बाटो रोजेर निजामती सेवा विधेयक फिर्ता लिनु उपयुक्त नभएको तर्क राखेको थियो ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया