अवैध १० लाख रुपैयाँसहित दुई पक्राउ
काठमाडौँ । महोत्तरी जिल्लाको जलेश्वर रौजा सडकखण्डमा पर्ने बजराही गाउँबाट प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका ८ बजराही गाउँको भित्री सडकबाट नम्बर नबुझिएको ग्ल्यामर मोटरसाइकलमा जाँदै गरेको अवस्थामा १० लाख चार हजार ५ सय रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जिल्लाकै मनरासिस्वा नगरपालिका ५ बस्ने मोटरसाइकल चालक ३४ वर्षीय दिपेन्द्रकुमार साह र सोही मोटरसाइकलमा पछाडि सवार भंगहा नगरपालिका ७ बस्ने १८ वर्षीया विन्दाकुमारी साह रहेका छन् ।
रकम बोकी दुवै जना मनरासिस्वा नगरपालिका ५ कटैया गाउँबाट धनुषाको जनकपुर जाँदै गरेको अवस्थामा प्रदेश २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले संयुक्त रूपमा जलेश्वर ८ स्थित बजराही गाउँको भित्री सडकमा जाँच गर्दा उनीहरु रकमसहित पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवैलाई रकमसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।











निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्छाैं : गृहमन्त्री अर्याल
जाँचबुझ आयोग अध्यक्षले भने– ओलीलाई बयानमा बाेलाउन पत्र काट्दैछौं
दुर्गा प्रसाईं समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता
नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदी सम्पर्कविहीन
नाडाको अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?
प्रतिक्रिया