प्रधानमन्त्रीले भने : योग्य साथीलाई मन्त्री बनाउन सकिनँ, दुःखी छु

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेको बताएका छन् । उनले गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान नेतालाई मन्त्री बनाउन नसकेको बताएका हुन् ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिकाका शाखाद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले मन्त्री मण्डल विस्तार भएको भोलिपल्टै आफू दुःखी भएको बताएका थिए । यसअघि प्रधानमन्त्रीमाथि मन्त्री मण्डल विस्तार गर्न नसकेको आरोप लाग्दै आएको थियो र
‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरू मन्त्री बनाउन सकिएन,’ प्रधानमन्त्री देउवाले भने, ‘यसमा म दुःखी छु ।’
शुक्रबार मात्रै प्रधानमन्त्री देउवाले १६ मन्त्रीसहित २ राज्यमन्त्री थपेर मन्त्री मण्डल विस्तार गरेका थिए । आफू प्रधानमन्त्री बनेको ८८ दिनपछि उनले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।
मन्त्रिपरिषद विस्तारमा नेपालगञ्जका काँग्रेस नेता तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरका आफन्त गजेन्द्र हमाललाई उद्योग मन्त्री बनाइएपछि प्रधानमन्त्री विवादित बन्दै आएका छन् ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया