थप ३ सय ६५ जनामा कोरोना पुष्टि, ४ को मृत्यु
मेरोन्यूज
२०७८ असोज २७ गते १७:०२

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ६७१ नमूनाको पीसीआर र १ हजार ९२३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये पीसीआर विधिबाट ३२६ र एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ४० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको हो। मन्त्रालयका अनुसार आइतबार थप ६ सय ९ जना कोरोनामुक्त भएका छन्।
कोरोनाका सक्रिय संक्रमितको संख्या १४२६७ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित १०७ जनाको भेन्टिलेटरमा र ३१५ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा २२ हजार २७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
सम्बन्धित









गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
प्रतिक्रिया