थप ३ सय ६५ जनामा कोरोना पुष्टि, ४ को मृत्यु
मेरोन्यूज
२०७८ असोज २७ गते १७:०२

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ६७१ नमूनाको पीसीआर र १ हजार ९२३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये पीसीआर विधिबाट ३२६ र एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ४० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको हो। मन्त्रालयका अनुसार आइतबार थप ६ सय ९ जना कोरोनामुक्त भएका छन्।
कोरोनाका सक्रिय संक्रमितको संख्या १४२६७ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित १०७ जनाको भेन्टिलेटरमा र ३१५ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा २२ हजार २७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया