बैंकले दिने ब्याजदर रोक्न राष्ट्र बैंक निर्देशन

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले आफू खुसी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याजदर असाधारण रुपमा बढ्न नदिन निर्देशन गरेको हो ।
केन्द्रीय बैंकले मंगलबार जारी गरेको निर्देशनअनुशार बैंक तथा वित्तीय संस्थाले जुनसुकै निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्ने छन् । त्यस्तै संस्थागत मुद्दति निक्षेप (बोलकबोलसमेत)मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनु पर्ने निर्देशनमा उल्लेख छ ।
राष्ट्र बैंकले कात्तिक महिनामा सार्वजनिक भएका ब्याजदरसमेत उल्लेखित व्यवस्थाबमोजिम नभएको भए संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो बेवसाइटमार्फत सार्वजनिक गरी लागू गर्न र ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाशित गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार अब बैंकले गत असोज महिनाको ब्याजदरका तुलनामा बढीमा १० प्रतिशतले वृद्धि गरी यही कात्तिकको लागि नयाँ ब्याजदर निर्धारण गर्न सक्ने छन् । असोज महिनाका लागि सनराइज् बैंकले निक्षेपमा अधिकतम १० दशमलव शून्य सात प्रतिशत ब्याज दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार अब सनराइज् बैंकले मुद्दति निक्षेपमा कात्तिक महिनामा अधिकतम ११ दशमलव शून्य शून्य सात प्रतिशतसम्म ब्याज दिन सक्ने छ ।
तरलता अभावले लगानी योग्य रकममा समस्या आएको जनाउँदै धेरै बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको पहिलो दिननै दोहोरो अंकले ब्याज बढाएका थिए ।

















मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
National ID card or passport will also be valid for voting: EC
कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया