देउवा सरकारको सय दिन : २४ राम्रो काम गरेको दाबी

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनेको कात्तिक ३ गते अर्थात् आज (बुधबार) सय दिन पूरा भएको छ । देउवा पाँचौंपटक प्रधानमन्त्री बनेको बुधबार सय दिन पुगेको हो ।
सय दिनमा देउवा सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इञ्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय, अति विपन्न गरिब घरपरिवारलाई प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले राहत दिने घोषणा साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन स्वरुप जनही ५ लाख रुपैयाँ दिनेलगायत २४ काम गरेको दाबी गरेको छ ।
गत असार २८ गते सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दिएको परमादेशअनुसार उनी प्रधानमन्त्री बनेका थिए । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार असार २९ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
देउवाले गत असार २९ गते नै राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। लगत्तै देउवाले चारजनालाई मन्त्री बनाएका थिए। कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्रीमा नियुक्त गरेका थिए । त्यसको १२ दिनपछि प्रधानमन्त्री देउवाले साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए । श्रेष्ठ एक व्यसायीक पनि हुन् । श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउँदा सत्ता गठबधनभित्र नै बिबादमा आएको थियो ।

त्यसयता असोज २१ गतेसम्म उनले ६ सदस्यीय मन्त्रिपरिषदबाट सरकार सञ्चालन गरेका थिए । बिचमा यो सरकारले मन्त्री परिषद बिस्तार गर्न निकै सकसका बीच गत असोज २२ गते अर्थात देउवा सरकारले ८८ दिनमा मन्त्रीपरिषदलाई पुर्णता त दियो तर फेरि बिबादमा तानियो । मन्त्री बनेको २ दिनमै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका थिए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाको ‘कोटा’ बाट मन्त्री बनाइएको भनेर आलोचना भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
यी हुन् सय दिनमा गठबन्धनको सरकारले दाबी गरेका २४ काम
१) सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति
२) सफल खोप कूटनीति
३) एक करोड ५० लाख खोप व्यवस्थापन
४) लक्षितमध्ये ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाए
५) लगानीमैत्री वातावरणको सिर्जना
६) निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम
७) कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज
८) प्रभावकारी रुपमा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन
९) चुस्त सुरक्षा व्यवस्था
१०) प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
११) राजस्व संकलनमा उल्लेख्य वृद्धि
१२) स्टार्टअप व्यवसायलाइ प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार
१३) विद्युतीय लाइन विस्तार तथा विद्युतको पहुँचमा वृद्धि
१४) सडक तथा यातायातको पहुँच विस्तार
१५) देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार
१६) सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको
१७) विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको
१८) सरकारी कागजातहरुको डिजिटल अर्काइभिङ सुरु
१९) दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि डिस्टन्स लर्निङको प्रक्रिया सुरु
२०) प्राकृतिक विपत्तिमा तत्काल रेस्पोन्स
२१) क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय
२२) अति विपन्न गरिब घरपरिवारलाई प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले राहात दिने घोषणा
२३) युवा विद्यार्थीलक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदायलक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा
२४) साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन स्वरुप जनही ५ लाख दिने घोषणा















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्प चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रतिक्रिया