यो सरकार टिप्पणी गर्न पनि लायक रहेन : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई एमालेको विजयी आवश्यक परेको बताएका छन् । वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले एमालेको विजयी नै जनताले सबैथोक रहेको उनले दाबी गरे ।
बैठकमा बोल्दै उनले आगामी निर्वाचनमा अरू दलसँग जनताको बीचमा जान कुनै एजेण्डा नभएको बताए । उनले आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्ने दल नेपाली कांग्रेससँग समेत निर्वाचनमा जान कुनै एजेण्डा नभएको दाबी गरेका थिए ।
‘यो सरकार टिप्पणी गर्न पनि लायक रहेन छ, साँची यो सरकार कसले चलाएको भनेर कसैले भन्न सक्छन् ?,’ अध्यक्ष ओलीले भने, ‘यो सरकार देशकै मान्छेले चलाएका छन् कि बाहिरका मान्छेले ?’
बैठकमा बोल्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले तयारी सुरू गर्नु पर्ने बेला आइसकेको बताए । आगामी दिनमा योजनाबद्ध रुपमा अगाडि बढ्नु पर्ने बताउँदै उनले अरूभन्दा फरक हुनु पर्ने अवस्था आएको बताएका थिए ।















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया