प्रधानमन्त्री देउवा बझाङ पुगे, प्रभावित क्षेत्रमा हेलिकप्टर अवतरण हुन सकेन

कैलाली । सुदूरपश्चिम प्रदेशको विभिन्न ठाउँमा गएको बाढी, पहिरो तथा डुबानको अवलोकन गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् । उनी जिल्लाको अति प्रभावित क्षेत्र थलारा अवलोकनका लागि पुगे पनि हेलिकप्टर अवतरण हुन सकेन ।
हेलिकप्टर अवतरण हुन नसकेपछि सदमुकामस्थित सेनाको व्यारेकामै अवतरण भएको छ । प्रधामन्त्री देउवा अहिले बझाङस्थित सेनाकै हलमा जिल्ला स्तरका प्रशासन, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्तिसँग जिल्लाको रिपोटिङ्ग लिइरहेका छन् ।
उनी यसअघि डोटीका जनप्रतिनिधि, सरोकारवालासँग र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिका बारेमा जानकारी लिएका थिए । देउवाले बिहीबार सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गरिरहेका छन् ।
वर्षासँगै बाढी पहिरोका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ । यस्तै, २४ जना बेपाता छन् भने १६ जना घाइते भएका छन् ।
















नाडा प्रतिनिधिमण्डल र अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालबीच भेटवार्ता
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
जुम्लामा जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया