राष्ट्र बैंकद्वारा थप २० अर्बको रिपो जारी गर्दै

काठमाडौँ । बैँकिङ प्रणालीमा तरलता अभाव यतिबेला संकटकै रूपमा देखिएको छ । एक महिनाअघिदेखि नै कसिलो बन्दै गएको तरलता व्यवस्थापनमा समस्या भएपछि बैंकबाट कर्जा प्रवाह ठप्प प्रायः छ । निक्षेपको तुलनामा कयौँ गुणा बढी कर्जा माग हुन थालेपछि बैंकहरू ऋण दिनै नसक्ने अवस्थामा पुगेका हुन् ।
लगानी योग्य रकमको चर्को अभाव कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज बिहीबार थप २० अर्बको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।
बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृत प्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ ।
तरलता अभावले बैंक तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरूले कर्जा निक्षेप अनुपात सीडी रेशियो ९० प्रतिशत कायम गर्नु पर्ने अवस्था व्यवस्थापनमा समेत बैंकलाई अप्ठेरो परेको देखिन्छ ।
बैंकिङ प्रणालीमा तरलता असहज बन्दै गएपछि राष्ट्र बैंकले यही कात्तिक ३ गते पनि बैंकले १० अर्ब बराबरको ७ दिन अवधिको रिपो जारी गरेको थियो ।
तरलताको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधा जस्ता उपकरणको प्रयोग गर्दछन् । केन्द्रीय बैंकको तथ्यांकानुसार हाल अन्तरबैंक सापटीको दर ४ दशमलव ९६ पुगेको छ ।
हिजो बुधबारसम्म बैंक वित्तीय संस्थाले १० खर्ब ९१ अर्ब ६४ करोड ५० लाख अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् । बैंक वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरी रहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन ।

















सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
निजी कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते
उडान अनिश्चत भएपछि भन्छन् – ‘न भोट हाल्न पाइने भो, न विदेश जान’
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
‘-यापिड एक्सन टास्क फोर्स’ गठन
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
प्रतिक्रिया