सीपी गजुरेल एक्कासी बेहोस भएपछि अस्पताल भर्ना
मेरोन्यूज
२०७८ कार्तिक १५ गते २०:४१

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता एवम् देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल अस्पताल भर्ना भएका छन् ।
कोटेश्वरको नरेफाँटस्थित आफ्नै निवासमा सोमवार मध्यान्ह १२ बजेतिर एक्कासी बेहोस भएपछि काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल ल्याइएको थियो ।
नेता गजुरेललाई हृदयघात भने नभएको अस्पताल प्रशासनले जनाएको छ ।
सोमवार दिउँसो सवा १२ बजे अस्पताल भर्ना गरिएपछि उनले अस्पतालमा बान्तासमेत गरेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए । उनकाअनुसार अस्पतालका रिपोर्टहरु सामान्य रहे पनि बेहोस हुनुको कारण भने पत्ता लागेको छैन ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया