बैंक तथा वित्तीय संस्था बाग्मती प्रदेशमा केन्द्रित

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बाग्मती प्रदेशमा अधिकेन्द्रित रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले गरेको फाइनान्सियल सेक्टर्स रिपोर्ट मोबिलाइजेसन अन्डर फेडेरल स्ट्रक्चर अफ नेपाल’ अध्ययनले यस्तो देखाएको हो ।
प्रस्तुत अध्ययनले विभिन्न परिसूचकको विश्लेषणका आधारमा केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा पहँुच तथा साधन परिचालन बाग्मती प्रदेशमा सबैभन्दा धेरै र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा न्यून रहेको देखाएको छ ।
प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी ३४ प्रतिशत बाग्मती प्रदेशमा र सबैभन्दा कम ४ प्रतिशत कर्णाली प्रदेशमा रहेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको कुल निक्षेपको ६८.१ प्रतिशत बागमती प्रदेशमा रहेको छ भने कर्णाली प्रदेशमा १.३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३ प्रतिशत रहेको छ ।
यस्तै, कुल कर्जाको ५६.६ प्रतिशत बाग्मती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा १.२ र सुदूरपश्चिम प्रदेशमा ३.० प्रतिशत रहेको छ ।
अध्ययनमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहँुच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ । पछिल्ला वर्षहरूमा बाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक विस्तार भइरहेको अध्ययनले देखाएको छ ।
सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बाग्मतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको र औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिकसन्तुलित हँुदै गएको प्रतिवेदनमा उल्लेख छ ।
वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने देखिएको अध्ययनले औंल्याएको छ ।


















दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा
कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुग्यो
नेप्से ३८ अंकले बढ्दा कारोबार रकम ६ अर्बमाथि
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो
ललितपुरको दाउरा थकालीमा आगलागी
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
प्रतिक्रिया