सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक १८ गते १९:२३
काठमाडौँ । बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गंगटे पुल नजिक आज टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ५ का ३३ वर्षीय सुन्धिर मिश्र रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सिन्धुलीबाट स१०प ३९९३ नम्बरको मोटरसाइकलमा बर्दिबासतर्फ आउँदै गरेका मिश्रलाई बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना१ज ५७४७ नम्बरको टाटासुमोले ठक्कर दिएको हो ।
गम्भीर घाइते मिश्रको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टाटा सुमोका चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा अनुसन्धानका लागि राखिएको छ ।
सम्बन्धित















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
प्रतिक्रिया