अर्थमन्त्री बोकेर सभामुख सापकोटा किन पुगे गृहजिल्ला ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता जर्नादन शर्मालाई साथ लिएर सिन्धुपाल्चोक पुगेका छन् । गृहजिल्ला र आफनो निर्वाचन क्षेत्रमान सभामुख सापकोटाले अर्थमन्त्रीलाई साथै लिएर आज सोमबार सिन्धुपाल्चोक पुगेका हुन् ।
त्यहाँ सापकोटा र अर्थमन्त्री शर्माले अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी खण्डको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, सापकोटा र अर्थमन्त्री शर्माले तातोपानी भन्सार र मितेरी पुल सम्मको अवलोकन भ्रमण गरी त्यहाँको वर्तमान अवस्थाबारे जानकारी लिनुहुने कार्यक्रम रहेको सभामुख सापकोटाको नीजि सचिवालयले जनाएको छ । सभामुख सापकोटाले तातोपानी नाकाबाट हुने आयात निर्यात एवं सडक मार्गलाई व्यवस्थित गर्ने विषयमा लगातार पहल गर्दै आईरहेका छन् ।
सो क्षेत्रको स्थलगत जानकारी लिएपछी उनीहरुले तातोपानी भन्सार कार्यालयमा हुने छलफलमा सहभागी हुने कार्यक्रम पनि बनेको छ ।
भूकम्प, भोटेकोशी बाढी र विभिन्न समयमा आएका ठूला पहिरोका कारण केही बर्ष यता अरनिको राजमार्ग अन्तरगतको बाह्रबिसे तातोपानी सडक खण्डमा सहज आवागमन हुन सकिरहेको छैन ।
कोभिड-१९ महामारीका कारण सीमा क्षेत्रमा गरिएको कडाईका कारण तातोपानी नाकाबाट हुने आयात निर्यात समेत पूर्ववत अवस्थामा फर्कन सकेको छैन ।
सभामुख सापकोटाको निर्वाचन क्षेत्र समेत रहेको सो क्षेत्रमा २०७१ सालमा आएको जुरे पहिरो, २०७२ सालको महाभूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७४ मा लार्चा पुल नै पहिरोमा परी बगेको, २०७५ मा साधी खोलाले पक्की पुल बगाएको, २०७७ सालमा बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको लार्चामा आएको बाढी, पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेको थियो ।
२०७६ सालको अन्त्यबाट विश्वव्यापी रुपमा देखा परेको कोभिड १९ महामारीका कारण लामो समयसम्म उत्तरी सीमा नाका बन्द रहेको थियो ।
भूकम्पपछि सभामुखको पहलमा खुलेको तातोपानी नाका ब्यवस्थित गर्न र राजमार्गमा आइपर्ने ब्यवधान हटाइ राजमार्ग सुचारु गर्न सभामुखकै पहलमा काम हुँदै आएको सभामुखको सचिवालयले जनाएको छ ।
सिन्धुपाल्चोकले २०७१ साल यता लगातार ठूला प्राकृतिक बिपत्ति भोग्नुपरेको छ ।
२०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भयो, घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्म समेत १५३ घर पूर्णरूपमा क्षति भयो ।
२०७२ बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पका कारण ३ हजार ५ सय ७१ जनाको मृत्यु भयो, १ हजार ५ सय ६५ जना घाइते भए, ८ जना बेपत्ता छन् । ७८ हजार ५ सय ३७ घर पूर्ण रुपमा क्षति भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक छ ।
२०७३ असार २१ गतेको भोटेकोशी बाढीले लिपिङ बजारका ३० घर बगायो, तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति पुग्यो, अरनिको राजमार्ग बन्द भयो ।
२०७४ साउन ८ गते रातीको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद बन्यो, अरनिको राजमार्ग अबरुद्ध भयो ।
२०७५ भदौ २ गते राती साँधी खोलामा आएको पहिरोले पक्कीपुल बगाएयो, पहिरोले २२ घरमा लेदो पस्यो, १२ घर जोखिममा परे । सो क्षेत्र आसपाको जोखिम अहिले पनि उत्तिकै छ ।
२०७७ असार २४ गते राती बाह्रविसे नगरपालिका वडा नं ५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु भयो १७ जना वेपत्ता छन् २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त छ । बाह्रविसे कै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त बन्यो । भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले एक जनाको मृत्यु भयो, तीन जना बेपत्ता छन् । लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित भयो । अरनिको राजमार्गका खागदल र बुल्कुटेको दुईवटा पक्कीपुल क्षतिग्रस्त छन । लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखियो ।
२०७७ असार ३१ गते राती भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भयो, ३ घर पूर्ण रुपमा क्षतिग्रस्त बन्यो ।
२०७७ साउन १८ राती मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु भयो, सोहि रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु भयो ।
२०७७ साउन २२ गतेको अविरल बर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका २ सेराफाँटमा ४ घर पुरिएर क्षति । बलेफी कात्तिके सडक अबरुद्ध । कल्लेरी बेसी लगायतका क्षेत्रमा सयौं रोपनी धानखेत बगायो ।
२०७७ साउन ३० विहान जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरियो । पहिरोले पुरिएर बेपत्ता भएका ३९ मध्ये ३७ जनाको शव भेटियो, २ जना अझै बेपत्ता छन् ।
१ असार २०७८ मा मेलम्ची र इन्द्रावती नदीमा भीषण बाढी आयो। मेलम्ची नदी तटीय क्षेत्र र मेलम्ची बजारमा ठूलो मानवीय र भौतिक क्षति हुन पुगेको छ । क्षति भएका पक्की पुल बन्नसकेको छैन भने यातायात समेत सहज बनेको छैन ।

















चुनाव सार्ने भए ४ दिन अघि सारौँ : रवि लामिछाने
महिलाको दाबेदारः सुनसरीमा २० उम्मेदवार
जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय
पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
कराते टोली रुस जाने
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
पोखरा गोल्डकपको उपाधि सहारालाई
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
प्रतिक्रिया