एमाले र केपी ओली असक्षम भएको होइन र ? : सांसद जम्मरकट्टेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेशसभा सदस्य शालिकराम जम्मरकट्टेलले नेकपा एमाले सबैभन्दा असक्षम पार्टी भएको बताएका छन् । उनले त्यसको नेतृत्व केपी शर्मा ओली अहिले सबैभन्दा असक्षम नेता रहेको बताए ।
‘कसरी फुट्यो नेकपा ? केपी शर्मा ओली असक्षम भएर होइन ?, एमालेले नसकेर यस्तो भएको हो नि, केन्द्रदेखि स्थानीय तहसम्म सरकारको अवस्था के भयो ? जगजाहेर नै छ त,’ उनले भने, ‘एमाले कमजोर भएकै हो नि, यसको मूल कारण केपी ओली नै हो ।’
प्रतिपक्षमा पुगेको दलले जनमत आफ्नो पक्षमा रहेको बखान लगाइरहे पनि परिणाम त्यस्तो नरहेको भन्दै उनले एमालेले कसरी सक्षम भयो भनी प्रश्न उठाए । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन राखेको प्रस्तावलाई समर्थन गर्दै जम्मरकट्टेलले एमाले सबैभन्दा असक्षम पार्टी, पार्टी सञ्चालन गर्न असक्षम पार्टी र सरकारको नेतृत्व गर्न असक्षम पार्टी र त्यसको नेता केपी ओली सबैभन्दा असक्षम नेता रहेको बताएका थिए ।
निर्वाचन परिणामले पनि केही समयपछि त्यसको बारेमा देखाउने जम्मकट्टेलले बताए । नेकपा केन्द्रदेखिको प्रदेशसम्मको सरकार गुमेकोतिर हेरेर अहिले एमाले र ओली हारेकैले त्यसलाई स्वीकार गर्न उनले आग्रह गरे ।

















सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया