शुक्रबार, पुष १८, २०८२

चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक २२ गते २१:५२

काठमाडौँ । कैलालीमा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रनाउ बिष्टका अनुसार जोशीपुर गाउँपालिका ५ सिम्ररास्थित चालक लम्की चुहानगरपालिका ७ को अभिषेक चौधरीले चलाएको बा ०२–०१५ प २७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको फोहर फाल्ने फलामको ड्रममा ठोकिएको थियो । घटनामा चौधरी, मोटरसाइकलमा सवार सोही ठाउँका प्रकाश चौधरी, जीवन चौधरी र नरेश रोकायासहित चार जना घाइते भएका थिए ।

घाइतेलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा ल्याइएका घाइते नरेश रोकायालाई चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । अन्य घाइतेलाई सामान्य उपचारपश्चात् घर पठाइएको र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया