राज्यको नजरमा छैन, दुर्गम गाउँ लाम्पाटा

बाजुरा । दूरीका हिसाबले जिल्लाको सबैभन्दा टाढाको गाउँ भनेर चिनिने स्थान हो, लाम्पाटा । जहाँ अहिलेसम्म राज्यको समेत नजर परेको देखिँदैन । हिमाली गाउँपालिका–३ मा रहेको सो गाउँ बाजुरा उत्तरी क्षेत्रको अन्तिम गाउँ छिमेकी जिल्ला हुम्लासँग जोडिएको छ । उक्त गाउँमा १३ घरपरिवार छन् ।
सदरमुकाम मार्तडीबाट झण्डै ५० कोष टाढा अर्थात् पैदलबाट पाँच दिनमा पुगिने लाम्पाटा गाउँवासीले अहिलेसम्म सरकारी सेवाको अनुभूतिसमेत पाएका छैनन् । स्वास्थ्य, शिक्षालगायत आधारभूत सेवाबाट पनि बञ्चित हुनुपरेकोे स्थानीयवासी इन्द्रा गुरुङले बताए । गाउँमा पाँच वर्षमुनिका १५ बालबालिका रहेका र अहिलेसम्म कसैले पनि खोप लगाउन नपाएको उनको गुनासो छ ।
उक्त गाउँमा सबै जनजातिकमो बसोबास छ । गाउँमा बालविकास केन्द्रसम्म छैन । स्वास्थ्यचौकी वडा नं १ बिच्छँयामा छ । त्यहाँ पुग्न दुई दिनभन्दा बढी समय लाग्छ। स्थानीयवासी लक्ष्मी गुरुङ गर्भवती भएको छ महिना भयो, अहिलेसम्म उनले कुनै खोप लगाउन र स्वास्थ्य जाँच पनि गराउन नपाएको बताइन् । गाउँका अन्य महिलाले सुत्केरी हुँदा लगाइने खोप र अन्य सेवासमेत नपाएको उनको गुनासो छ ।
उनीहरूको जग्गाको लालपुर्जा बाजुरा जिल्लाकै छ । तर हुम्लाका बासिन्दाले सो क्षेत्र आफ्नो भएको जिकिर गरिरहेका छन् । जग्गाको लालपुर्जा यताको छ तर जंगलको भोकचलन हुम्लाका बासिन्दाले गर्ने गरेको स्थानीयवासी छप्किलाल बुढाले बताए । त्यस गाउँमा सुरक्षाको समेत अभाव छ । प्रहरी प्रशासनको पहुँचभन्दा टाढा रहेको यो क्षेत्रमा चोरी शिकारीसमेत बढ्दै गएको छ । लाम्पाटा पुग्न गुम्बा गाउँ भएर जानुपर्छ । पुल र बाटो नहुँदा आवतजावतमा समस्या छ । लाम्पाटामा के भयो, के हुँदैछ र गाउँमा राज्यका तर्फबाट के हुँदैछजस्ता सबै सूचनाबाट प्रायः बिमुख हुने गरेको उक्त गाउँपालिकाले जनाएको छ ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया