शनिबार, पुष ५, २०८२

गुगल क्रोम आफ्ना मोबाइलबाट डिलिट गर्नुपर्ने

मेरोन्यूज २०७८ कार्तिक २४ गते १३:१४

काठमाडौं । आफ्नो स्मार्टफोनमा गुगल क्रोम ब्राउजर प्रयोगमा छ, अब डिलिटको विकल्प नभएको विज्ञहरुले बताएका छन् । आफ्नो व्यक्तिगत डाटा यस ब्राउजरबाट लीक हुने भएकाले स्मार्ट मोबाइलबाट हटाउन विज्ञले सुझाब दिएको अन्तराष्ट्रिय समाचार संस्था दी इकोनोमिक टाइम्सले जनाएको छ ।

फोर्बस्को एक रिपोर्ट अनुसार गोपनीयता र डाटा लीकका कारण प्रयोगकताले आफ्नो स्मार्ट मोबाइल फोनबाट क्रोम ब्राउजर जतिसक्दो चाँडो मेटाउनुपर्ने छ ।

क्रोम पहिले नै तेस्रो–पक्षिय ट्र्याकिङ कुकीज हटाउन, यसको निजी ब्राउजिङमा कमजोरीका लागि, यसको एपले फोनबाट संकलन गर्ने डाटामा मनपरि गर्ने भएकाले विज्ञले हटाउनुको विकल्पन नभएको बताएका हुन् ।

पछिल्ला दिनमा फेसबुकले पनि आफ्ना प्रयोगकर्ताको स्थानका साथै प्रयोगकर्ताको हरेक गतिविधि र डाटाको जानकारी संकलन गरिरहेको आरोप पनि लागेको थियो । यस्तै आरोप अहिले गुगलको क्रोमलाई लागेको हो फोर्बस्को रिपोर्टले जनाएको हो ।

प्रतिक्रिया