सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्ने
मेरोन्यूज
२०७८ कार्तिक २४ गते १४:०५

काठमाडौँ । दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना हुने भएको छ । तथ्याङ विभागले बुधबार पत्रकार सम्मलेन गरेर सो क्षेत्रमा जनगणना हुने बताएको हो । राष्ट्रिय जनगणना– २०७८ बिहीबार दखि सुरु हुँदैछ ।
उक्त क्षेत्रमा जनगणनाको लागि भारतसँग कूटनीतिक पहल भइरहेको तथ्याङ विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । गणकहरुको उपस्थितिमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको उनले बताए ।
भारतले अनुमति दिएमा गणकहरुको भौतिक उपस्थितिमै जनगणना गरिने विभागले जनाएको छ । १५ दिनभित्र भारतबाट जवाफ नआएमा अनुमानका आधारितमा जनगणना गर्ने विभागले बताएको छ ।
सम्बन्धित
















स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया