जनगणनालाई सफल बनाउन उपराष्ट्रपति पुनको आग्रह
मेरोन्यूज
२०७८ कार्तिक २५ गते ८:४८

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय जनगणनामा सहभागी भइ सफल बनाउन आग्रह गरेका छन् । बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ का अवसरमा शुभकामना दिदै उनले जनगणनामा सक्रिय सहभागी हुन र राष्ट्रिय अभियानलाई सफल बनाउन आग्रह गरेका हुन् ।
उनले जनगणनाका लागि घरमा आउने गणकहरुलाई आफ्नो सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गर्न अपील गरेका छन् । साथै राष्ट्रिय जनगणनामा प्रत्येक नेपालीले दिने व्यक्तिगत विवरणलाई जस्ताको त्यस्तै उल्लेख गरी यथार्थ विवरण संकलन गर्न गणकहरुलाई उनले आग्रह गरेका छन् । बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ आजबाट सुरु हुँदैछ ।
नेपालमा जनगणना सुरु भएको शताब्दी बढी भइसके पनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछिको पहिलो जनगणना हो ।
सम्बन्धित
















उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया